Logo

राहदानी विधेयक पुनर्विचारका लागि राष्ट्रपतिको सन्देश



राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक, २०७५ पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाउनुभएको सन्देश सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आज जानकारी गराउनुभयो ।

राष्ट्रपति भण्डारीको सन्देशमा राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रस्तुत विधेयकमा पुनर्विचार हुन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा, ११३ को उपधारा ९३० बमोजिम यो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राससमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्