Logo

सुन तस्करीका अनेक काइदा, डाइपरमा लुकाएर तस्करी



काठमाडौँ,२२ असार । लबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जना आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालय काठमाडौँको टोलीले सुन लुकाएर ल्याउँदै गरेका नवलपरासीका वीरबहादुर थारुलाई पक्राउ गरेको प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले जानकारी दिनुभयो ।

थारुले डाइपरको बटम भित्र फल्स बटम बनाएर १९३ ग्राम सुन ल्याएको फेला परेको छ । उनी कतारको दोहाबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत काठमाडौँ आउँदा जाँचका क्रममा सुनसहित पक्राउ परेका हुन् ।

आजै प्रहरीले विमानस्थलबाट डाइपरमा सुन राखेर कतारबाट आएका एकसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोरङका लिलाबहादुर बस्नेत तथा सामान लिन आउने रुपेश गिरी र टेकबहादुर थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो ।

बस्नेतको साथबाट ४०० ग्राम सुन बरामद गरिएको थियो । विदेशबाट आउँदा ५० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने कानूनी प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot