Logo

भारतमा बस दुर्घटना, २७ को मृत्यु



काठमाडौं, २३ असार । उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ ।

उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ ।

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ ।

आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गर्नुभएको छ । उहाँले २७ जनाको घटनास्थलमै निधन भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पु¥याइएको जानकारी दिनुभएको छ ।

गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै ज्यान गएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्