Logo

बोल्ड तस्विरले गरायो देशनिकाला



काठमाडौं, २३ असार । इरानकी प्रख्ययात मोडलको बोल्ड फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि उनले देश छाड्नु परेको छ ।

नेगजिया नामक ती मोडललाई भित्री टु पिसमात्र लगाएस फोटो खिचाउँदा रिभोल्युसनरी गार्ड्सले सन् २०१७ देखि लखेटिरहेका छन् ।

उनको अर्धनग्न तस्वीर खिच्ने फोटोग्राफरले नै प्रहरीलाई बुझाएपछि कोर्रा खाइने डरले उनी इरानबाट भागेर टर्की पुगेकी थिइन् । इरानको कठोर इस्लामिक कानूनले अश्लीलता देखाउनेलाई कोर्राले हान्ने सजाय दिन्छ । यद्यपी नेगजिया अहिले पेरिसमा आफ्नो संघर्षका दिन बिताईरहेकी छन ।

नेगजियाले यस्तो तस्वीर खिचाएकोमा कुनै पश्चात्ताप नलागेको र महिलालाई सम्मान नगर्ने सबै कानून तोड्न सकेकोमा गर्व लागेको बताइन् । फेशन उद्योगमा काम गर्ने उनको सपना बुनेकीउनले सन् २०१८ को नोभेम्बर १३ मा शरणका लागि निवेदन दिएकी थिइन् ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot