Logo

जिवनमा पहिलो पटक जुत्ता देखेपछि (भिडियोसहित)



काठमाडौं, २३ असार । अहिले युगान्डाकी एक महिलाको भिडियो भाइरल बनि रहेको छ । एक मिनेट ४० सेकेन्डको उक्त भिडियो हेर्ने हजारौले आफ्नै प्रकारका प्रतिक्रियाहरु जनाई रहेका छन ।

सार्वजनि भिडियोमा एक महिलाले जीवनमा पहिलोपटक जुत्ता लगाउन पाउँदा खुशीले नाचेको देख्न सकिन्छ ।
लाउरा ग्रिएर नामक महिलाले युगान्डाकी ती महिला नांगै खुट्टा हिँडेको देखेपछि सहायता गर्ने निर्णय लिइन् ।

ग्रिएरका कारचालकले ती महिलालाई जुत्ता लगाउन सघाए । जुत्ता लगाउन पाएपछि महिला मुस्काइन् । चालकले दाहिने गोडाको जुत्ता समात्दा उनले त्यसमा पाइताला छिराइन् ।

त्यसक्रममा उनले दर्शकहरूलाई बूढी औंला उचालेर देखाइन् । देब्रे गोडामा जुत्ता पसेपछि उनी खुशी हुँदै नाच्न थालिन् । उनलाई दर्शकहरूले ताली बजाएर उत्साहित बनाए ।

यो भिडियो नौ दिनअघि युगान्डाको बविन्डी राष्ट्रिय निकुञ्जमा खिचिएको समाचार श्रोतहरुमा जनाइएको छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot