Logo

अनौठो बानीः कुनै देशको भन्दा बढी हतियार घरमा



काठमाडौं, २३ असार । संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेर एक जना अमेरिकी अहिले चर्चामा छन । विगत लामो समयदेखि नै उनको यस्तो बानीका कारण उनी चर्चाका पात्र बनेका हुन ।

उनको बानी कुनै मनपर्ने खाना तथा घुम्न नभएर नयाँ तथा पुराना अत्याधुनिक हतियारको संचयका कारण अचम्मको मानिषमा उनको गणना शुरु भएको हो ।

 

एउटा सानो मुलुकको क्षमता भन्दा धेरै हतियार किनेर अहिले अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिन चर्चामा छन । उनले यति धेरै हतियार संकलन छन कि उनको हतियार संग्राहलयमा पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित छन्।

उनले हतियारले भरिएको एउटा संग्राहलय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्। यसको मूल्‍य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ।

उनको यो संग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षिक ६ लाख डलर कमाउने गरेको पनि समाचार श्रोतले लेखेका छन । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot