Logo

दाईजोमा एक लाख ५० हजारको किताव



काठमाडौँ,२३ असार ।भारतको पश्चिम बंगालका एक जोडीले समाजलाई नयाँ पाठ पढाएका छन् ।३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्ना साथै दाइजो लिन अस्वीकार गरे ।

बेहुली पक्षले निकै जोड गरे पनि उनी आफ्नो निर्णयबाट विचलित भएनन् । दाइजो नलिने आफ्नो निर्णयमा अडिग रहे । उनको यो निर्णयलाई बेहुली पक्षले स्वीकार गरेपछि विवाह निश्चित भयो ।

जब उनी जन्ती लिएर बेहुली लिन पुगे तब युवा आश्चर्यमा परे । त्यहाँ उनकी हुनेवाला श्रीमतीले श्रीमानका लागि खास उपहार लिएर उपस्थित भइन् । बेहुलीले त्यो दाइजो नभएर उपहार भन्दै दुलाहलाई स्वीकार गर्न बाध्य पारिन् ।

वास्तवमा त्यो उपहारमा अरु केही नभएर एक हजार वटा किताब थियो । जसको मूल्य एक लाख भारतीय रुपैयाँ पर्ने समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्