Logo

संसारकै महङगा अभिनेता



काठमाडौं, २५ असार । संसारमा यस्ता अभिनेता छन् जसको तलब सुन्दा हामीलाई अचम्म लाग्छ ।

यिनलाई ‘द रक’भनेर पनि चिनिन्छ तर यिनको नाम डवेन जोन सन् हो यदि तपाइले रेस्लिंग हेर्नुभएको छ भने यिनलाई सजिलै चिन्न सक्नुहुन्छ । रेस्लिंग छोडेर हलियुड तिर लागेका रक यति फेमस भएकी उनको जति तलब कुनै अभिनेता को छैन ।

द रक लाई संसार का सबैभन्दा धनी अभिनेता को सुची को पहिलो नम्बर मा रहेका छन् । यिनी हलियुड मा आएपछि उनिआउनु भन्दा पहिले चलेका स्टारहरू पनि पछि छोडेका छन् ।

तपाईलाई लाग्न सक्छ की ड्वेन डबल्यूडबल्यूई रिङबाट निक्लिएर सिधै हलिउड गएका हुन् । यदी तपाईले यो सोच्नु भएको छ, भने गलत हुनुहुन्छ ।

उनी पहिले फुटबल खेलाडी थिए । रेसलर बनेपछि उनलाई अभिनयको अफर आउन थाल्यो ।अहिले ड्वेनको पुरै बर्षको कमाई चार सय करोड भन्दा माथि छ । फोर्ब्सका अनुसार ड्वेनको बार्षिक आम्दानी चार सय ३२ करोड रुपैंया छ ।

यो मामलामा उनलाई हलिउडका केही ठूला कालकारलाई पछि छोडेका छन् । जसमा ज्याकी च्यान, ब्रेड पिट समेत सामेल छन् ।

पैसाले पैसा तान्छ भनेझै ड्वेन आफ्नी पत्नीको सहयोगमा एक प्रोडक्शन कम्पनी समेत चलाउछन् । यो प्रोडक्शन हाउसले सफल फिल्म र टिभी शो निर्माण गरेको छ ।

ड्वेन आफ्ना फ्यानहरुका लागी सँधै केही न केही नयाँ चिज लिएर आउँछन् । उनले फ्लोरिडामा करिब १० वटा घर किनेका छन् । यी सबै घर उनले १० बर्ष भित्र किनेका हुन् ।

फ्लोरिडामाएक आलिशान घर छ, जसको मूल्य ३७ करोड हो । दास्रो ५ बेडरुमवाला घरको मूल्य २३ करोड रुपैंया हो । २०१२ मा क्यालिफोर्नियामा पनि ६ वेडरुपमवाला घर ३३ करोडमा उनले किनेका छन् ।

उनको भर्जिनियामा एक फर्म हाउस समेत छ ।उनको शाही सवारी छ । उनको प्राइवेट विजनेश जेट गल्फस्ट्रिम जी ६५० छ । उनी परिवारका साथ यही जेटमा यात्रा गर्छन् ।

मार्केटमा यो जेटको मूल्य करिब ४३५ करोड रुपैंया छ । उनीसँग इटालियन कम्पनीको सुपर कार पागानी ह्युएरा पनि छ । उनी आफै कार चलाउन मन पराउँछन । यो कारको मूल्य ७ करोड हो ।

यस्तै लेम्बोर्गिनी, फेरारी जस्ता महंगा कार समेत उनीसँग छन् । उनी आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै खानामा कड फिस माछा खान्छन् ।यसको मूल्य १ लाख रुपैंया पर्ने बताइन्छ ।

आफ्नो फिटनेसका लागि उनी महिनामा लाखौं खर्च गर्छन् । उनलाई घडी एकदमै मनपर्छ । उनले संसारको सबैभन्दा महंगो घडी कम्पनी रोलेक्सको घडी लगाउने गर्छन् । जसको मूल्य लाखौं पर्छ ।

यो सूचीमा बलिउडका शाहरुख खान १० औं नम्बरमा छन् । त्यसपछि अक्षयकुमार १२ औं, सलमान खान १६ औं, अमिताभ बच्चन २१ औं र अभिनेत्री दीपिका पादुकोण ३० औं स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot