Logo

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन



ब्यूनस आयर्स, २५ असार । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ट राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्व राष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो । गत वर्ष पनि मुटुमा समस्या भएपछि उहाँको एन्जियोप्लास्टी गरिएको थियो ।पूर्व राष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति हुनुभएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्