Logo

चीनको ‘ग्रेट वाल’को झल्को दिने ‘ग्रेट टेल’ नेपालमा बन्दै



काठमाडौं २९ असार । चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल(ग्रेट टेल) बनिरहेको छ ।

हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले चार महिनादेखि गाउँपालिका घेर्ने गरी महत्वकांक्षी (ग्रेट टेल) बनाइरहेको हो ।

चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर बार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामा बताउँछन् ।

‘यो महत्वकांक्षी आयोजना हो । तर सम्पन्न गरेरै छाड्ने संकल्प गाउँपालिकाले लिएको छ,’ उनले भने । चालु आर्थिक बर्षमा पदमार्ग पर्खालको सुरुवाती एक सय १० मिटरको निर्माण कार्य सकिएको लामाले जानकारी दिए ।

उनका अनुसार साविक इचोक गाविसको बुद्धपार्कबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायाँग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिने छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्