Logo

अबको हजार वर्षमा यस्ता देखिनेछन् मान्छे



काठमाडौं, असार २९ । अबका केही वर्ष पृथ्वी र मनुष्य जीवन कस्तो होला ? हजार वर्षपछि नै यहाँ के होला ?जुन तीव्रताका साथ हामी प्राविधिक रूपमा अघि बढिरहेका छौं, त्यति नै तीव्रताका साथ हाम्रो वरिपरिको वातावरण बदलिरहेको छ ।

प्रविधिको विकाससँगै हामी उमेर बढाउने अनेकौं तरिका छिट्टै खोज्नेछौं । मेडिकल इन्जिनियरहरूले यस्तो खोज गर्न सक्छन् । नयाँ प्रविधिले हाम्रो शरीरको उमेर बढाउने कोषिकाहरूलाई नियन्त्रण गर्नेछ । यसो गर्दा मानिसको उमेर बढ्नेछ ।

केही समयअघि अमेरिकाको क्यालिफोर्नियाको सक इन्स्टिच्युटले गरेको अनुसन्धानले मानिसलाई बूढो हुनबाट रोक्न सकिने देखायो । उमेर बढ्दै गएपनि बुढ्यौली देखिनेछैन ।

तर यसको प्रयोग एकदमै प्रारम्भिक चरणमा छ । वैज्ञानिकहरूका अनुसार, यो प्रतीक्षा अझै लम्बिन सक्छ । यो प्रयोग सफल भएमा मानव इतिहासको सबभन्दा ठूलो खोज हुनेछ ।

अक्सफोर्ड र येल विश्वविद्यालयको अनुसन्धानअनुसार, भविष्यमा रोबोटहरूले ठूलो गाडी हाँक्नेदेखि लिएर ठूला ठूला सर्जरीसम्म गर्न सक्नेछन् । अनुसन्धानकर्ताहरू ५० वर्षभित्र रोबोटले अन्य काम पनि गर्ने बताउँछन् ।

यो अनुसन्धान रोबोटविज्ञहरूको विचारमा आधारित छ । भविष्यको संसारमा मशिनको विस्तार हुनेछ । मानिससँग बसेर मशिनले धेरै काम गर्नेछन् । भविष्यमा मानिसको रूप पूरै बदलिन्छ । वातावरणका कारण मानवको टाउको ठूलो र आँखा पनि बडेमानको हुन्छ ।

हजार वर्षपछि पृथ्वीमा बस्ने ठाउँ पटक्कै हुने छैन । पृथ्वीका प्राकृतिक संसाधन सकिनेछन् । त्यसपछि मानिसले मंगलग्रहमा बस्ती बसाएर बस्छन् ।

हजार वर्षपछि हाम्रो शरीरमा नानोरोबोटले काम गर्छन् । ज्यान जाने बिरामीहरू लाग्न पाउँदैनन् । प्रदूषण ठूलो समस्याका रूपमा रहेको छ । तर पछि नानोटेक्नोलोजीले पानी र हावा शुद्ध बनाउनेछ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्