Logo

दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि



काठमाडौं, असार ३० । दुई वर्ष पहिले समुद्रमा हराएको क्यामेरा ताइवानको समुन्द्री किनारमा पाखा लागेको अवस्थामा फेला परेको छ । अझ अचम्मको कुरा यो छ कि वाटरप्रुफ खोलका लगाएको उक्त क्यामेरा अझै प्रयोग गर्ने अवस्थामा नै रहेको छ ।

यसलाई स्कुले बालबालिकाहरु र शिक्षकको समूहले भेटेका थिए । त्यसपछि, तिनले आफूले भेट्टाएको क्यामरा यसको मालिक कहाँ पु¥याउने सोचेर यसलाई समाजिक सञ्जालमा ‘शेयर’ गरे । र, एक दिन भित्रमा उनीहरुले आफ्नो लक्ष्य भेटे ।

जापानी विश्वविद्यालयमा विद्यार्थी रहेकी क्यामेराकी मालिक सुवाकिहारा यो क्यामेरा खासाउँदा बिदामा इशिगाकी टापूमा थिइन् । यो टापू ताइवानबाट २५० किलोमिटर टाढा रहेको छ ।

“म ‘स्कुवा डाइभिङ्ग’ गर्दै थिएँ । त्यसक्रममा मेरो एक साथीलाई हावाको कमी भएपछि मेरो सहयोग मागे । बचाउनको हतार गर्दा मैले क्यामेरा हराएँ ।” उनले क्यामेरा पाएपछि आफ्नो खुसि साट्दै बताइन ।

जब क्यामेरा उनको हातबाट खस्यो उनलाई क्यामेरा सधैँको लागि हराएको ठानिन् । तर डाइभिङ्ग खोलमा सुरक्षित रहेर क्यामराले एक हिसाबको सानो यात्रा नै ग¥यो ।

यसले सयौँ किलोमिटरको यात्रा ग¥यो र अन्ततः ताइवानको समुन्द्री किनारमा पाखा लाग्यो ।त्यही ठाँउमा विद्यार्थीहरुले क्यामरा भेटेका थिए । त्यो दिन विद्यार्थीहरु समूद्री किनार सफा गर्दै थिए ।

“एक ११ वर्षे बालकले क्यामरा भेटेका हुन्,” शिक्षक पार्क लिले भने, “समुन्द्री झार र खपटाले छोपिएको खोल पत्थरजस्तै देखिन्थ्यो । खोल खोल्न मिल्ने एक बटन पनि थियो ।”

भित्र एक थोपा पानी पनि पसेको थिएन र भित्र क्यामेरा राम्रो अवस्थामा थियो । “झन ्आश्चर्यजनक कुरा केटाले क्यामेराको ‘पावर अन’ गर्दा क्यामेरामा अझै चार्ज बाँकी थियो ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot