काठमाडौं, असार ३० । घटना केहि समय पहिलेको हो । वालमार्ट स्टोरको फ्रिजरबाट आइसक्रिम झिकेर चाटेर पुन राखेको भाइरल भिडियो बनाउने एकजना महिलाले २० बर्षे जेल सजायको सामना गर्ने भएकी छिन् ।
टेक्सासको लफकिनमा रहेको स्टोरमा पुगेर उनले आइसक्रिम निकालेकी थिइन् र चाटेपछि पुन जस्ताको तस्तै लगेर राखिदिएकी थिइन् । यो भिडियो एक करोड भन्दा धेरैले हेरेका थिए ।
प्रहरीले स्टोरको भिडियो फुटेज र ती महिलाको भाइरल भिडियो भिडाएर उनको पहिचान गरिसकेको र पक्राउ पुर्जी जारी गर्न लागेको जनाएको छ । उक्त भिडियो एकजना पुरुषले खिचेका थिए जसमा ती महिलालाई चाट्नका लागि उक्साइएको थियो ।
What kinda psychopathic behavior is this?! pic.twitter.com/T8AIdGpmuS
— ED-209 (@BlindDensetsu) June 29, 2019
ती महिलाले सेकेण्ड डिग्री अपराधको मुद्दा सामना गर्न सक्ने तथा त्यसको सजाय २० बर्षसम्म जेल र १० हजार डलरसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।
अनुसन्धानकर्ताहरुले अन्य प्रकारका संघीय मुद्दा समेत लगाउन सक्नेबारे छलफल गरिरहेका छन् ।एजेन्सी