Logo

जब बेहुली विवाहस्थलमै कुकुरसंग नाच्न थालिन (भिडियोसहित)



काठमाडौं, असार ३० । विवाहको रमाइलो अवसरमा एक बेहुली आफ्नो कुकुरसँग डान्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विवाहको अवसरमा बेहुली डान्स फ्लोरमा गइन् र कुकुरसँग मज्जाले डान्स गरिन् । उनको हर्कत देखेर त्यहाँ उपस्थित सबैजना दंग परे ।

सेलिब्रिटी डग ट्रेनर सारा कार्सन डिवानले ट्रेनर जोन डिभाइनसँग विवाह गरिन् । विवाहपश्चात उनी आफ्नो कुकुरसँग डान्स गर्न पुगिन् ।

सारा आफैंले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरिन् । यो भिडियो अहिले निकै भाइरल बनेको छ ।

भिडियोमा सारा र उनको कुकुर मज्जाले डान्स गरिरहेको छ । कुकुरले सारामािथ चढेर आफ्नो कला पनि देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot