Logo

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण



राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले आज विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत ९तेइसौँ संशोधन० विधेयक, २०७६ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारीले उक्त विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्