Logo

विदेशबाट ल्याउने र लैजाने समानको नयाँ सूची सार्वजनिक



सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । सरकारले २५ जेठ ०७३ को सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो ।

अर्थ मन्त्रालयका अनुसार भन्सार ऐन २०६४ को प्रावधानअनुसार यस्तो सूची सार्वजनिक गर्ने प्रचलन छ । आगामी आवको बजेटले घोषणा गरेका केही प्रावधान भने १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।

बजेटबाट सरकारले विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर ल्याउन पाउने सुविधा दिइएको छ । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर थप भन्सार लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।

कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान ९सवारी साधनबाहेक० स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने भएको छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएका सामान अन्य व्यक्तिका नाममा जम्मा वा नामसारी गरी छुटाउन भने नपाउने व्यवस्था गरिएको छ ।

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ
विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ । त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुने भएको छ । १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।

विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूट हुने वस्तुको सूची यस्तो छ

लुगाफाटो, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एकरएक थान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक(एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको एकरएक उपकरणरवस्तु, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म ।

विदेश जाँदा केके लैजान पाइन्छ 

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ ।

विमान चालक दलका सदस्यले सामान ल्याउन नपाउने

विमानको चालक दलका सदस्यले आफ्नो निजी प्रयोजनमा प्रयोग हुने सामान बाहेक कुनै पनि सामान ल्याउन नपाउने व्यवस्था सरकारले गरेको छ ।

स्थल सीमामा छूट नपाउने

सीमानामा ओहोर दोहोर गरिरहने व्यक्तिका लागि भने यी छुट र सहुलियतका कुनै पनि प्रावधान लागु नहुने मन्त्रालयले स्पष्ट पारेको छ । तर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि भने साथमा लगेको वा ल्याएको एक थान ल्यापटप वा कम्प्युटरमा भने महसुल नलाग्ने उल्लेख गरिएको छ ।

जहाजबाट आउने(जाने यात्रुले बोक्न पाउने सामान

दूरविन, ट्यावलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा, पोर्टेवल म्युजिक सिस्टम एकरएक थान, लुगाफाटा, वरबिच्छ्यौना, घर गृहस्थीका सामान, घडी, साइकल, पेराम्बुलेटर र ट्राइसाइकल, सेलुलर मोवाइल एकरएक थान, ५० ग्रामसम्मको सुनको गहना र १ सय ग्रामसम्मको चाँदीको गहना, पेशाकर्मीले आफूले गरी आएको कामका निम्ति ल्याएको उपकरणरसामान

राहदानी बोकेका विदेशी यात्रुले ल्याउन र लैजान पाउने सामान

एक लिटरसम्मको मदिरा वा १२ क्यानसम्म वियर, चुरोट २ सय खिल्ली, सिगार ५० खिल्ली, टोबाको २५० ग्राम, १० हजार रुपैयाँ मूल्यसम्मका औषधि ९निषेधितबाहेक०, ५ हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा, २ हजार रुपैयाँसम्मका फलफूल, नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालवस्तु ।



प्रतिक्रिया दिनुहोस्