Logo

राष्ट्र बैंकद्वारा ‘ग्रामीण स्वावलम्बन कोष’ हस्तान्तरण



राष्ट्र बैंक मातहत रहेको ‘ग्रामीण स्वावलम्बन कोष’लाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ ।

गत वर्षको सरकारी निर्णयअनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकले अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई कोष हस्तान्तरण गरेको हो ।

विसं २०४७ सालमा सरकारको रु ५४ करोड र राष्ट्र बैंकको २५ करोड ३४ लाखको लगानीमा ‘ग्रामीण स्वावलम्बन कोष स्थापना गरिएको थियो । कोषको पूँजी अहिले रु एक अर्ब र कर्जा ३५ करोड पुगेको छ । तत्कालीन अर्थमन्त्री देवेन्द्रराज पाण्डेको परिकलपना अनुसार कोष शुरु भएको थियो ।

उक्त समारोहमा अर्थमन्त्री युवराज खतिवडाले वित्तीय संस्थाको नयाँ दृष्टिकोण राख्ने प्रकाशचन्द्र लोहनी र बैंकिङ लगानीको बारेमा नयाँ सोच राख्ने पाण्डे रहेको स्मरण गर्दै २०६६ सालमा कृषि विकास बैंकमा भएको सरकारको शेयर हस्तान्तरण गरेर सहकारी प्रणालीबाट समुदायले काम गर्नसक्ने गरीे वित्तीय संस्थालाई थप प्रभावकारी बनाइएको उल्लेख गर्नुभयो । उक्त समयमा सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा डा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले उक्त संस्थालाई बढी जिम्मेवार बनाउन र साधन स्रोत र क्षमता विकास गर्न ग्रामीण स्वावलम्बन कोष हस्तान्तरण गरिएको बताउनुुभयो ।

पछिल्लो चरणमा राष्ट्र बैंकको कार्यक्षेत्र बढ्दै गएको र ग्रामीण क्षेत्रमा काम गर्ने वित्तीय संस्था पनि विस्तार भइरहेको अवस्थामा यसको भूमिका थप बढेको उहाँको भनाइ थियो । क्षमता गुम्दै जाने अवस्था नहोस् भनेर वित्तीय प्रणालीको सुदृढीकरणको एउटा प्रयासस्वरुप कोषलाई हस्तान्तरण गरिएको उहाँले बताउनुुुुुभयो ।

अर्थमन्त्रीले भन्नुुभयो, “लघुवित्तको माध्यमबाट सात लाखसम्म ऋण दिनका लागि यो संस्था प्रभावकारी होस् र समूहमा आएकालाई समेत ऋण प्रदान गर्न सकियोस् भन्ने नै हो, बैंकले नपत्याएका र सहकारीले छोडेका समूहलाई स्थान दियोस् ।”

अर्थमन्त्री खतिवडाले कोषमार्फत लक्षित समूहलाई उद्यमशीलता विकासका लागि प्रयोग गर्न सकिने बताउँदै अरू थप रकमलाई बैग्लै प्रकारले परिचालन गरी बैंक नभएका स्थानमा जान सुुझाव दिनुुभयो ।

सरकारको सोचाइ युवा स्वरोजगार कोष, ग्रामीण स्वावलम्बी कोष र गरिबी निवारण कोषलाई एउटै छातामा ल्याएर काम गर्ने भन्ने रहे पनि केही कारणले युवा स्वरोजगार कोषलाई प्रक्रियामा ल्याउन नसकिएको उहाँले बताउनुुभयो ।

राष्ट्र बैंक आफैँ सञ्चालक पनि हुने र नियमन पनि गर्ने भएकाले कोष प्रभावकारी नहुने हुँदा हस्तान्तरण गर्नु परेको उल्लेख गर्दै अर्थमन्त्री अतिवडाले साना मझौला व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने भएकाले यसबाट सेवा बढ्न जाने विश्वास व्यक्त गर्नुभयो ।

अहिले कोषको हरहिसाब हस्तान्तरण गरिएको र बाँकी भौतिक सम्पत्ति र कागजपत्रहरु संस्थालाई केही दिनमा नै हस्तान्तरण गर्ने राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जानकारी दिनुुभयो ।

अहिलेसम्म एक हजार २३९ सहकारीका ६३ हजार परिवारलाई कोषले सहयोग पु¥याउँदै आएको छ । “निमुखा गरीब जनताले सरल र सहज रुपमा व्यापार गर्न पाउन् भनेर कोष सञ्चालन गरिएको हो, भोलिका दिनमा अझै प्रभावकारी सेवा पुग्ने आशा छ ।” गभर्नर डा नेपालले भन्नुुुुुुुुभयो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक डा शिवराज कोइरालाले सरकारले विश्वास गरेर संस्थालाई जिम्मेवारी सुम्पेकोमा खुशी व्यक्त गर्दै जिम्मेवारी पूरा गरेर देखाउने प्रतिबद्धता जनाउनुुभयो ।

कृषिको व्यवसायीकरणबाट मात्रै आर्थिक समृद्धि सम्भव रहेको बताउँदै उहाँले कृषिको आधुनिकीकरणका लागि यसले थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

दुुई वर्षमा बैंकका शाखा दोब्बर

उक्त समारोहमा अर्थमन्त्री डा खतिवडाले झण्डै दुई वर्षको अवधिमा बैंकका शाखा दोब्बर भएको जानकारी दिनुभयो । मन्त्री भएर आउँदा ३५० स्थानीय तहमा बैंकको उपस्थिति रहेकोमा अहिले ७३० भइसकेको उहाँको भनाइ थियो ।

अहिले लक्षित वर्गमा कर्जा नपुग्ने जोखिम रहेको र जहाँ सुविधा छ त्यहाँमात्रै वित्तीय संस्थाको हानथाप हुने र कर्जा दोहोरिने अवस्था रहेको अर्थमन्त्रीले डा खतिवडाले बताउनुुुुुुभयो ।

“समस्या अहिले के छ भने विपन्न वर्ग कर्जा कार्यक्रमले २५ लाख परिवारलाई कर्जा वितरण भइसक्यो भनेर भन्छ, अनि बाह्र–चौध लाख परिवार गरिबीको रेखामुनि छन्, यसमा डुप्किेशन भइसकेको छ”, अर्थमन्त्री खतिवडाले भन्नुुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot