Logo

जेएनयुका सुरक्षागार्डले ड्युटीमै पढेर पास गरे विश्वविद्यालयको परीक्षा



काठमाडौं। भारतको राजस्थान घर भएका कमजल मीणाले अहिले समाजिक सञ्जाल तताई रहेका छन । जवाहरलाल नेहरु विश्वविद्यालयमा सुरक्षा गार्डको काम गर्ने ३४ बर्षिय मीणाले बिए रशियनमा भर्ना हुनको लागि विश्व विद्यालउको प्रवेश परीक्षा पास गरेको खवर अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

उनको मेहनतलाई विश्वविद्यालयका अधिकारीले फरक पनि किसिमको क्षमता बोकेको घटना भएको भन्दै सम्भव भएसम्म उनको सहयोग गर्नेबताई रहेका छन। उनले राजस्थान युनिभर्सिटीबाट राजनीतिक विज्ञान, इतिहास र हिन्दीमा ग्रयाजुएशन गरेको समाचार हरुमा जनाइएको छ।

जागिरको खोजीमा सन् २०१४ मा दिल्ली आएका उनले पाँच वर्षदेखी उक्त ठाँउमा सुरक्षा गार्डको काम गर्दे आएका थिए । उनको मासिक १५ हजार रहेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्