Logo

९ वर्षीय बालकमाथि ‘अरिँगाल’ बने वडाध्यक्ष



काठमाडौं, साउन २ । दाङको घोराही उपमहानगरपालिकाको वडा नं ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले ९ वर्षीय बालक भरत घर्ती मगरको कानको जाली फुट्ने गरेर कुटपिट गरेका छन ।

बुधबार राति करीव ९ बजे घोराही नगरपालिकाको शान्तिनगरस्थित वडाध्यक्ष सार्कीको घरको फूल टिपेको आरोपमा बालकलाई कुटपिट भएको थियो । कुटपिटबाट बालकको कान सुन्निएको छ भने गाला र चन्नीमा निलडाम रहेको उनकी आमा रैमता घर्ती मगरले जानकारी दिइन् ।

तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित सर्कीले बास्तविकता बुझ्दै नबुझी बालकलाई कुटपिट गरेपछि विरोध भएको छ । सार्कीलाई कारबाहीका लागि ठूलो दवाव परेको छ । तर, सत्तारुढ दल नेकपा निकटका सार्कीलाई कारबाही नगर्न प्रहरीलाई दवाव परेको स्रोतले जनाएको छ ।

वडाध्यक्षले नै बालकलाई कुटपिट गरेपछि आमा रैमता र छिमेकी महिलाहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीसँग उनीहरूले कारबाहीको माग गरेका छन् ।

घटनास्थल आइपुगेको प्रहरीले वडाध्यक्ष सार्कीलाई त्यत्तिकै छाडेर पीडित बालककी आमालाई छोरालाई उपचार गराएर ल्याउन सुझाव दिएर गएको जनाइएको छ ।

प्रत्यक्षदर्शी छिमेकीहरूका अनुसार भरतले सार्कीको घरको फूल नटिपेर सार्कीकै नातीले टिपेको थिए ।

वडाध्यक्ष सार्कीले बालको देब्रे कानमा कसेर दनक दिदा पीडा सहन नसकि भरत धङधङ गर्दै भित्तामा ठोक्किन पुगेका थिए ।स्थानीय सरकारी स्कुलमा कक्षा २ मा अध्ययनरत भरतका बुबा रोजगारीका लागि भारतमा छन् ।

सार्कीले उल्टै पीडित बालककी आमासँग फूल टिपेर नोक्सानी गरेवापत पाँच हजार रुपियाँ क्षतिपूर्ति माग गरिरहेका छन ।



प्रतिक्रिया दिनुहोस्