काठमाडौं, साउन २ । बलिउड नायक अक्षय कुमारले आफ्नो अभिनयको साथमा देशप्रतिको आफनो जिम्मेवारी बहन गर्दै आफ्ना प्रशंसकको मन जित्दै आईरहेका छन् ।
उनले हालै भारतका विभिन्न क्षेत्रमा आएको बाढी पीडितलाइै ठुलो आर्थिक सहयोग गरेको खवर भारतीय सञ्चार माध्ययमहरुमा उल्लेख गरिएको छ ।उनका प्रशसकहरुले अहिले उनलाई पर्दाको मात्र होईन बास्तविक जीवनमै हिरो भन्दै उनको कर्तव्यका सम्मान गरिरहेका छन ।
बाढीबाट पीडिट तथा बिस्थापितहरुका लागि अक्षयले दुई करोड भारु आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले असम राज्यका बाढी पीडितहरुका लागि उक्त सहयोगको घोषणा गरेको समाचारहरुमा उल्लेख छ ।
उनले ट्वीटरमार्फत उक्त जानकारी दिँदै १ करोड मुख्यमन्त्री राहत कोषमा र अर्को १ करोड काजीरंगा नेशनल पार्कको रेस्कूयका लागि दान दिने घोषणा गरेका हुन् ।
यसअघि पनि उनले यस्ता सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका थिए । करिश्मरको पुलवामामा आक्रमण हुँदा पनि उनले शहिद परिवारका लागि ५ करोड र केही समय अगाडी बैशाखमा भारतमा आएको आँधी प्रभावितहरुका लागि पनि एक करोड भारु आर्थिक सहयोग गरेका थिए ।एजेन्सी