पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । सामन्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ ।
डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्यलगायत छन् । प्रियकां कार्की बिहेको तयारी गर्दै छिन् । सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।
एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डिभोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । र अझ कला क्षेत्रमा त झनै धेरै छन् । यी हुन् महिला कलाकारहरु जो डिभोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् र खुसी छन् ।
रेखा थापा
नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् । रेखाले हाल चलचित्र, राजनीतीसाथै सामाजिक कार्यलाई एकै साथ अगाडि बढाउँदै आएकी छिन् ।
मनिषा कोइराला
मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्णविराम लाग्यो ।
रिमा विश्वकर्मा
नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ता र सुन्दरताका कारण चर्चामा रहन्छिन् । रिमाले अर्को विवाहको बारेमा केहि सोचिनसकेको बताउने गरेकी छिन् ।
गौरी मल्ल
गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म अर्को विवाह नगरी एक्लै बस्दै आएकी छिन् ।
अन्जु पन्त
अन्जु पन्त व्यस्त र सफल गायिकाको रुपमा चिनिन्छिन् । पाश्र्व गायनमा उनलाई औधी रुचाइएको छ । अन्जु पन्त र गायक मनोज राज विवाह गरेको १० वर्षपछि छुट्टिए । अन्जुले श्रीमानसंग असहजता भएको कारण छुट्टिएको बताउँदै आएकी छिन् । अहिले अन्जु छोरीसंग बस्दै आएकी छिन् ।
चुल्ठिम डोल्मा
चलचित्र नोभेम्बर रेन बाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक सम्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बस्दै आएकी छिन् ।
रन्जना शर्मा
नायिका रन्जना शर्माले निर्देशक श्याम भट्राईसंग विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।
अरुणिमा लम्साल
एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएकी थिइन् ।
मिलन अमात्य
मिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डिभोर्स भयो ।