Logo

च्याउ टिप्न जंगल छिरेका किशोरहरु बाटो बिराएपछि



नवलपरासी । शुक्रबार च्याउ टिप्न भनेर रूपौलिया जंगल छिरेका १० जना किशोरहरू २४ घण्टापछि शनिबार फेला परेका छन् ।शनिबार जंगलमा बाटो बिराएपछि उनीहरु घर फर्कन नसकेको र जंगलमै रात बिताउन बाध्य भएका थिए । हराएकामध्ये ८ जना बर्दघाट नगरपालिका ८ तेलहाका तथा अन्य २ जना वडा नं ७ जिमरीभारका किशोरहरु हुन्

‘पानी पर्न थालेपछि ओत लाग्न पहाडतिर उक्लियौँ र फर्कने बेला बाटो बिरायौं’, हराएकामध्ये एक सुरज चौधरीले भने, ‘मोबाइलमा नेटवर्क नभएकाले घरमा फोन गर्न तथा गुहार माग्न सकेनौँ । आगो बालेर रात बितायौँ।’



प्रतिक्रिया दिनुहोस्