Logo

महङगीको मारमा भान्सा



काठमाडौं – भारी वर्षा, विषादी परीक्षण लगायत कारणले बजारमा तरकारीको भाउ अकासिएको छ। गतवर्षको तुलनामा तरकारीको मूल्य दुई सय नौ प्रतिशत सम्म बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष २२ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा यो वर्ष दुई सय नौ प्रतिशतले बढेर ६८ रुपैयाँ किलो पुगेको छ।

गतवर्ष ५२ रुपैयाँ किलोमा बिक्री भएको बोडी अहिले एक सय २१ प्रतिशतले बढेर एक सय १५ रुपैयाँ किलो पुगेको छ।

त्यसैगरी, भिण्डी ३८ रुपैयाँ किलोबाट एक सय १५ रुपैयाँ, काँक्रो ५८ बाट एक सय १५ रुपैयाँ, लाम्चो भेन्टा ४२ रुपैयाँ प्रतिकिलोबाट ७८ रुपैयाँ ९८५ प्रतिशत बढी० पुगेकोे छ। त्यस्तै, चाइनिज लसुनको भाउ ८८ प्रतिशतले बढेर एक सय २५ बाट दुई सय ३५ रुपैयाँपुगेको छ।

चम्सुर साग ६६ प्रतिशतले महँगिएको छ। पोहोर साउन ३ गते ६३ रुपैयाँ किलोमा बिक्री भएको चम्सुर यसपालि एक सय पाँच रुपैयाँ पुगेको छ।

झोले स्याउको मूल्य ६६ प्रतिशतले बढेको छ। यसको मूल्य गत वर्ष एक सय पाँच रुपैयाँ किलो रहेकोमा अहिले एक सय ७५ रुपैयाँ पुगेको छ।

गतवर्ष ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको माल्दा आँप अहिले ७० प्रतिशतले बढेर एक सय ४५ रुपैयाँ पुगेको छ। असार २२ देखि साउन २ सम्मको ११ दिनमा तरकारीको मूल्य एक सय नौ प्रतिशतसम्म बढेको छ।

असार २२ गते ५५ रुपैयाँमा बिक्री भएको लोकल काँक्रो एक सय १५ रुपैयाँ पुगेको छ। सानो गोलभेंडा ८५ प्रतिशत महँगिएर किलोको ७८ रुपैयाँ नाघेको छ।

त्यस्तै, यो १२ दिनमालामो बोडीमा ४६ प्रतिशत, बन्दामा ८३, काउलीमा १३, भान्टामा ५०, तितेकरेलामा ६२, घिरौंलामा ४१ र भिन्डीमा ९८ प्रतिशतले मूल्यवृद्धि भएको छ।



प्रतिक्रिया दिनुहोस्