Logo

संसद् बन्द गर्ने सरकारको गलत कदम



नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले बाढीपहिरोका कारण मुलुक गम्भीर सङ्कटमा रहेको बेला संसद् बन्द गर्ने सरकारको कदम गलत भएको बताउनुभएको छ । उहाँले प्रभावितको बारेमा कुरा राख्ने थलो नै संसद् भएकाले खोल्नुपर्ने बताउनुभयो ।

काठमाडौँमा आज आयोजित साक्षात्कारमा नेता विश्वकर्माले काङ्ग्रेस संसद् खोल्ने पक्षमा रहेको बताउनुभयो । “जनताको आवाज मुखरित गर्ने थलो संसद् सञ्चालन हुनुपर्छ”, उहाँले भन्नुुभयो ।

राष्ट्रियसभाका अध्यक्षले संसद् नियमावलीअनुसार सञ्चालन गरेकाले संसद् चलिरहेको तर प्रतिनिधिसभाका सभामुखले प्रतिनिधिसभा नियमावलीलाई लत्याएर काम गरेका कारण संसद् चल्न नसकेको नेता विश्वकर्माको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता टोपबहादुर रायमाझीले वर्तमान सरकार विकास र समृद्धिको लक्ष्य पूरा गर्न आधारशीला खडा गर्दै अघि बढिरहेको बताउनुभयो ।

छोटो समयमा नै देशको विकास गर्नुपर्ने भएकाले त्यस अनुरुप सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । “काठमाडौँमा धुँवा र धुलो विस्तारै घट्दै गएको छ । मास्क लगाउने नागरिक पनि घट्दै गएका छन्”, उहाँले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्