Logo

नौ महिनामा १७५ विदेशी नागरिक पक्राउ



काठमाडौं ७ साउन । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागू औषध कारोबारको मुद्दामा पक्राउ परेका छन् ।

१०९ पुरुष र ४ महिला गरी ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् ।

सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाली प्रहरीसँग छ । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई, मानव बेचबिखनमा तीन र विस्फोटक पदार्थ मुद्दामा तीनजना विदेशी नागरिक सो अवधिमा पक्राउ परेका छन् । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्