Logo

फिल्म बनाउन १० लाख विनियोजन काण्डः वडा कार्यालय जलाइयो



डोटी, साउन ७। डोटीको जोरायल गाउँपालिका वडा नं ४ लक्ष्मीनगरको कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ । सोमबार राती अन्दाजी १२ बजेको समूहमा अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जोरायल इलाका प्रहरी कार्यालयका प्रमूख सई महेन्द्र थापाले जानकारी दिए ।

आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचर सहित वडाको छाना समेत जलेर नष्ट भएको वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबारदेखि देशभरमा सरकारी सवारी साधनमा प्रतिवन्ध लगाउने घोषणा गरेको अघिल्लो राती वडा कार्यालय जलाईएको र सो क्षेत्रमा सोमबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता देखिएको भन्ने सुन्नमा आएकाले आगजनी पनि उनिहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दलालहरु होसियार, भ्रष्टचारी खबरदार, साङ्लो फिलिम चाहिंदैन, भ्रष्टाचार गर्न पाईंदैन, दुर्गा ओझा ९जोरायल गाउँपालिका अध्यक्ष० मुर्दावाद, जोराईले जनता जिन्दावाद, जनताको एकता जिन्दावाद, जोरायले युवा एक हौं लगाएतका नाराहरु रहेको हस्त लिखित पर्चा घटना स्थलमा भेटिएको प्रहरीले जनाएको छ ।

केहि समय पहिले जोरायल गाउँपालिकाले चलचित्र ‘साङ्लो’का लागि १० लाख बजेट विनियोजन गरेर गाउँपालिकाका विभिन्न क्षेत्रमा उक्त चलचित्र छायाङ्न भएकोमा निकै विरोध भएको थियो । वडा कार्यालयमा आगजनी हुनुमा पनि त्यसको असर देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्