काठमाडौं, साउन ९ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाललाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित गरेको छ ।
आईक्यानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई उक्त अवार्ड प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।