काठमाडौं, साउन ९ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार जनकशर्मा पौड्यालले सम्हालेका छन ।
बैंकको संचालक समितिको बैठकको निर्णयानुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पौड्याललाई नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुखकार्यकारी अधिकृत पौड्यालको तत्कालिन नेपाल अरब बैंकबाट सेवाप्रवेश गरि ११ वर्षको अनुभव तथा एनआईसी बैंकमा पाँच वर्ष र लक्ष्मी बैंकमा दुई वर्षको कार्यअनुभव रहेको जनाइएको छ । साथै पौडेलले बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेतगर्नु गरेको उल्लेख छ ।
उनले ग्लोबल आईएमई बैंकको विभिन्न उच्च पदमा रहदै ११ बर्ष कार्य गरी प्रमुखकार्यकारी अधिकृतको रुपमा समेतजिम्मेवारी सम्हालेको समेत जनाइएको छ ।