काठमाडौं १० साउन । स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले मुलुकले अँगालेको स्वास्थ्य नीति ठीक नरहेको औंल्याएका छन् । उनले नीति बताउँदा जनसंख्यालाई नहेर्ने प्रवृत्तिले समस्या भइरहेको जनाउँदै स्वास्थ्यका लागि विनियोजित बजेटबाट दिगो विकास लक्ष्य प्राप्त नहुने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा बिहीबार आयोजित एक कार्यक्रममा राज्यमन्त्रीले एउटै नीति, एउटै नजरले हिमाल, पहाड, मधेसलाई हेर्दा गाह्रो हुने जनाए । ‘विश्वको नीति निर्माणमा जनसंख्या आधारित नै हुन्छ, तर कहिलेसम्म स्वास्थ्य नीतिमा यो कुराहरु लागू होला, हामी विस्तारै समेट्दै छौं’ उनले भने ।
प्रदेश २ मा २० प्रतिशत जनसंख्या भए पनि स्वास्थ्य सुविधा जनसंख्याको अनुपातमा धेरै कम रहेको उनले औंल्याए । मन्त्रीले भने–‘२ नम्बर प्रदेशमा संस्थागत प्रसूति कहाँ गराउने, कहाँ आधारभूत संरचना छ ?’