Logo

मेरो कसैसंग भेटघाट भएको छैन : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौँ ।केहि दिन पहिले भारतीय गुप्तचर संस्थाका प्रमुखको नेपाल भ्रमणको समयमा पूर्व राजा ज्ञानेन्द्रसंग भेट भएको खवरको ज्ञानेन्द्रले खण्डन गरेका छन ।पूर्व राजा शाहका सचिव डा फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दे उक्त दाबी हल्ला मात्र भएको जानकारी गराएका छन ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने र यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु,’ जारी जानेपनि विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्