Logo

पाकिस्तानको सिमामा धोनीको गस्ती



काठमाडौं, साउन १० । सेनाको मानार्थ कर्नेल उपाधी पाइसकेका भारतीय क्रिकेट टीमका कप्तान महेन्द्रसिंह धोनीले सेनासमक्ष आफू पनि सीमामा ड्युटी गर्न पाउँ भन्दै आग्रह पश्चात काश्मिरस्थित पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय सेनासँगै गस्ती गर्ने भएका छन् ।

दुई महिनाको लागि उनी सीमास्थित सैनिकहरुसँगै तालिम लिन समेत छनोट भइसकेको भारतीय संञ्चार माध्ययहरुले जनाएका छन ।
सेनाले स्वीकृति दिएपछि अब धोनीले ‘प्यारासुट रेजिमेन्ट बटालियन’का सैनिकसँगै तालिम लिने छन् । उक्त तालिमको एक हिस्सा काश्मिर उपत्यामा पनि हुने भएको हो । तर धोनीले सैनिकहरुले झैँ अपरेशनमै भाग भने लिनु पर्नेछैन ।



प्रतिक्रिया दिनुहोस्