Logo

विधायन समितिको निर्णय उल्टियो



काठमाडौं ११ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विज्ञापनरहित (क्लिन फिड) प्रशारणबारे गरेको निर्णय प्रतिनिधिसभाले उल्ट्याएको छ। ‘विज्ञापन नियमन गर्न बनेको विधेयक’माथि विधायन समितिको संशोधनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उल्ट्याएको हो।

विधायन समितिले नेपालमा प्रशारित विदेशी टेलिभिजनहरूलाई विज्ञापनरहित(क्लिन फिड) सेवा ‘सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिबाट प्रारम्भ हुने उल्लखे गरेर विकास समितिमा पठाएको थियो । तर, समितिले यसलाई संशोधन गर्दै विधेयकसँगै तत्काल लागू हुने गरी समितिमा सहमति जुटाएको छ ।

समितिले अनुमति लिइसकेका अथवा हाल सञ्चालनमा रहेका टेलिभिजनले भने विधेयक ऐन बनेको एक वर्षभित्र यो नियम लागू हुने सहमति भएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

‘राष्ट्रियसभाको निर्णय उल्ट्याएको भन्दा पनि पुनर्विचार गरेर अघि बढेको हो’, उनले भनिन्, ‘राष्ट्रियसभाले पठाएका कतिपय विषयलाई स्वीकार पनि त गरेका छौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot