काठमाडौं १२ साउन ।छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी बरिष्ठ मृर्गौला रोग प्रत्यारोपण विशेषज्ञ प्राडा. दिब्यासिंह साहले जानकारी दिइन ।
‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’, उनले भनिन्, ‘उहाँको रगत, दिसापिसाबलगायत पेटको अल्ट्रासाउण्ड गरिएको छ ।’
शिक्षण अस्पतालबाट पनि परीक्षणका लागि चिकित्सक सैनिक अस्पताल गएको उनले जानकारी दिइन् । एउटा परीक्षण रिपोर्ट आउन बाँकी र अन्य रिपोर्टबा प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य देखिएको उनले बताइन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्य नदेखिएको र उनी नियमित काममा व्यस्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । -कान्तिपुर दैनिकबाट