मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भी अहिले सामाजिक सञ्जालमा छाईरहेका छन । उनी कुनै गजवकै काम गरेर चर्चामा आएका भने आएका होइनन् ।
रसियन मोडल ओक्साना भोएभोदिनासँग विवाह गर्नकै लागी राजगद्दी छाडेका उनी अहिले भने घर न घाटका जस्तै बनेका छन ।
पूर्वराजा सुल्तान अहिले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको भन्दै उक्त बच्चाको डिएनए टेस्ट गराउन श्रीमतीलाई दवाद दिदै आएको समाचार एजेन्सीहरुमा जनाइएको छ ।
२७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तानबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् भएपछि श्रीमतीको चरित्रमाथि प्रश्न उठाउँदै यो जोडीले जुलाइ १ मा डिभोर्स समेत गरिसकेका छन् ।