मोरङ । विराटनगर महानगरपालिको एक घरबाट साउन ७ गते लाखौ नगद चोरेर फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहदै आएका मोरङ कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामत पक्राउ परेका हुँन्।
पक्राउ परेका कामतको साथबाट नगद रु तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको रु एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कामतले यही उक्त रकम चोरी फरार रहेका थिए ।