Logo

कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन



काठमाडौं १४ साउन । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।

कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् ।

कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको बताइएको छ । हिंसा भड्किएपछि भएको आगलागीका कारण पनि केहीको मृत्यु भएको छ ।

बिहानबाट शुरु भएको हिंसा करिब ५ घण्टासम्म चलेको थियो । कैदी बन्दीले कारागारका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए ।

पछि उनीहरुलाई छोडिएको छ । २ सय जनाको क्षमता रहेको उक्त कारागारमा ३ सय भन्दा बढी कैदी बन्दी राखिएको थियो ।

ब्राजिलका कारागारमा हिंसाका घटना भैरहन्छन् । यहांका कारागारहरुका करीब सात लाग बन्दी रहेका बताइन्छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्