Logo

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै, राति दुईबजेसम्म काम गर्दा धपेडी



काठमाडौं १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन ।

एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणपनि गराउने छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ ।

केही दिन आराम गर्न र स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन ।

‘दैनिक कार्यसम्पादनमा धपेडी भयो । राति दुई बजेसम्म काम गर्नुहुन्छ । विहानै उठ्नुपर्छ । निकै धपेडी छ । त्यसैले उहाँ निकटस्थले पनि केही दिन देशबाहिर गएर आराम गर्न सुझाव दिएका छन्’, डा. सिंहले भनिन,‘हामीले पनि आराम गर्न सुझाएका छौं । सिंगापुरमा उनको स्वास्थ्य परीक्षण पनि हुनेछ ।’ -नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot