Logo

सासू, ससुरा र बुहारीसहित ८ जनाकाे नागरिकता रद्ध



काठमाडौं २० साउन । सरकारले एउटै परिवारका ३ जनासहित जम्मा ८ जनाको नागिरक्ता खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ८ जना नागरिकको नागरिकता रद्ध गरिएको बताएका हुन् ।

अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोले लिएको नागरिकता रद्ध गरिएको छ।

‘झुटाे विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ’, निर्णयमा भनिएको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्