इङ्ल्याण्डको लुसी ब्रन्ज युइएफए महिलाको वर्षको उत्कृष्ठ खेलाडी भएकी छिन् र लिभरपुलका भर्गिल भ्यान डिज्कले उत्कृष्ठ पुरुषको उपाधी हात पारे ।फुलब्याक ब्रन्जले लेयोन टोलीका अदा हेगेरबर्ग र अमाण्डिन हेनरीलाई पछि पार्दै यो पुरस्कार हात पारेकी हुन् ।
विश्वभरका उत्कृष्ठ महिला खेलाडी र पत्रकार प्रशिक्षकहरुबाट निर्वाचित भई यो पुरस्कार जित्ने पहिलो बेलायती महिला भएकी छिन् ।
ज्यूनमा च्याम्पियन लिगको अन्तिम चरणमा टोटेनहामलाई २–० ले हराउन भ्यान जिकले लिभरपुललाई सहयोग गरेका थिए । उनले बार्सालोनाको लियानेल मेस्सी र जुभेण्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेर यो बहुमूल्य उपाधीमाथि बाजी मारेका छन् ।
२०१०–११ मा उद्घाटन भए लगतै यो उपाधी प्राप्त गर्ने पहिलो डिफेण्डर बनेका छन् । मेस्सीले र रानोल्डो पाँच चोटी जितेको थिए भने एन्ड्रियस इनेस्टा (२०१२), फ्रयान्क रिबेरी (२०१३) अनि लूका भोडरिकले (२०१८) यस उपाधीको सूचीमा आफ्नाे नाम राख्न सफल भएका छन् ।