Logo

युइएफएले गर्यो मेन्स प्लेर अवार्डको अंक खुलासा



काठमाडौँ । यूइएफएले २०१९ को मेन्स प्लेर अवार्डको अंक खुलासा गरी भर्गिल भ्यान डिज्कलाई प्रथम, लियाेनेल मेस्सीलाई दोश्रो र क्रिस्टियानो रोनाल्डोलाई तेश्रो स्थानमा राखेको छ ।
श्रोतहरुको अनुसार भ्यान डिज्कले ३०५, मेस्सीले २०७ अनि रोनाल्डोले ७४ अंक ल्याउन सफल भएका छन् ।

लियोनेल मेस्सीले उत्कृष्ठ फरवार्ड पाएका छन् । फ्रेंकी डे जोङले उत्कृष्ठ मिडफिल्डर र एलिसन बेकरले उत्कृष्ठ गोलरक्षक हुनपुगेका छन् ।

ज्यूनमा च्याम्पियन लिगकाे अन्तिम चरणमा टोटेनहामलाई २–० ले हराउन भ्यान डिज्कले लिभरपुललाई सहयोग गरेका थिए । उनले बार्सालोनाको लियानेल मेस्सी र जुभेण्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेर यो बहुमूल्य उपाधीमाथि बाजी मारेका हुन्। भ्यान डिज्कले उत्कृष्ठ डिफेण्डरकाे पनि उपाधी पाए ।  २०१०–११ मा उद्घाटन भए लगतै यो उपाधी प्राप्त गर्ने पहिलो डिफेण्डर र उत्कृष्ठ खेलाडी छन् ।

राेनाल्डाेसँग कार्यक्रमकाे प्रस्ताेताले कुरा गर्दा मेसीकाे विषयमा बाेल्दै १५ वर्षसम्म मैदानमा एक अर्काकाे प्रतिस्पर्धी भए पनि राम्राे सम्बन्ध कायम गरेकाेले मेस्सीलाई सलाम ठाेक्नुपर्ने र उनीसँग रात्री भाेजन खाने आशा व्यक्त गरेका थिए ।

२०१९ युइएफएको १० उत्कृष्ठ पुरुष खेलाडीको सूची यस प्रकारको रह्यो:
१. भर्गिल भ्यान डिज्क (लिभरपुल र नेदरल्याण्ड) : ३०५
२. लियोनेल मेस्सी (बार्सलोना र अर्जेनटिना): २०७
३. क्रिस्टियानो रोनाल्डो (जुभेन्टस र पोर्चुगल) : ७४
५. साडियो माने (लिभरपुल र सेनेगल) : ५१
६. मोहम्मद साला (लिभरपुल र इजिप्ट) : ४९
७. इडन हाजार्ड (चेल्सी, रियाल म्याडरिड र बेल्जियम) : ३८
८. माटिज्स डे लिग्ट (आजाक्स, जुभेन्टस र नेदरल्याण्ड) : २७
८. फ्रंकी डे जोङ (आजाक्स, जुभेन्टस र नेदरल्याण्ड) : २७
१०. राहिम स्टर्लिङ (म्यान्चेस्टर सिटी र इङल्याण्ड) : १२

 

 

 



प्रतिक्रिया दिनुहोस्