Logo

गौहत्याको सम्बन्धमा छानबिन समिति गठन



काठमाडौँ भदौ १५ । गृह मन्त्रालयले नेपालगञ्जको कान्जी हाउसमा राखिएको गाईगोरुहरु सुर्खेतको विरेन्द्रनगरस्थित ब्युरेनी भिरबाट खसालेर हत्या गरिएको घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले मन्त्रालयका उपसचिव सागरमाणी पाठकको संयोजकतामा चार सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिनुभयो । सो समितिले गौहत्या घटनाको विस्तृत अनुसन्धान गर्नेछ । गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिका विषयमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले निर्देशन दिएका छ । समितिको सदस्यमा स्थानीय प्रहरी अधिकारीलाई राखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेखको श्रीस्थानका विसानलाई वितरण गर्न भनेर लगिएको ३७० गाईगोरुमध्ये १८ गाई र ६ वटा गोरु सुर्खेत विरेन्द्रनगर राजमार्गको करिब २० मिटर तल व्युरेनी खोलनामा मृत्यु भेटिएका थिए । प्रवक्ता सुवेदीले गौहत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्न व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुने चेतावनी दिएका छन् ।

गाेरखापत्र



प्रतिक्रिया दिनुहोस्