Logo

क्याम्पबेलमाथि भ्यासिलको जित



काठमाडौँ, भदौ १५ । भ्यासिल लोमेंखोले ब्रिटेनका लूक क्याम्पबेललाई लाइट वेट बक्सिङमा ११९- १०८, ११९ -१०८, ११८-१०८ अंकले लण्डनको ०२ अरेनामा जितेका छन् ।
क्याम्पबेल २०१२ का औलम्पिकका गोल्ड मेडलिस्ट भए पनि आफ्नो २३ औँ पेशागत लडाइमा तेश्रो चोटि हार खान पुगेका छन् । पछि उनलाई उपचारको लागि लगिएको थियो ।
लोमेंखो २००८ ओलम्पिकका गोल्ड मेडलिस्ट हुन् । यो लाइटवेट बक्सिङ प्रतियोगिताको चौथो चरणमा उनले लूकामाथि कडा प्रहार गरी घाइते बनाएर विजेता बन्न पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्