Logo

हराएका पत्रकार अल्काइदाद्वारा मारिएको खुलासा



काठमाडौँ, भदौ १६ । पाँच वर्ष अघि मालदिभ्समा गायब भएका पत्रकार अल्काइदले मरेको खुलासा अनुसन्धाताले गरेका छन् ।
आहमद रिलवान अबदुल्ला गायब भए पछि मालदिभ्समा ठूलो आतंक मचिएको थियो जब उनलाई चक्कु देखाएर घरबाहिर हुलहुमाले टापूमा लगेर पछि समुन्द्रमा लगेर हत्या गरिएको थियो ।
त्यस्तैगरी रिलवान खोज्न अभियान सुरु गर्ने प्रख्यात ब्लगर यामिन रसिदलाई पनि २०१७ मारिएको थियो ।
रिलवान अंग्रेजी समाचार बेवसाइट मिनिभ्यान न्यूजमा कार्यरत थिए । हाल यो समाचार वेबसाइटकाे नाम मालदिभ्स इन्डपेण्डेन्ट राखिएको छ तर अल्काइदाको विभिन्न संयन्त्र र छत्रसंगठनलाई यसको समाचार सम्बन्धी राम्रो जानकारी थियो भन्ने कुरा मालदिभ्सकाे अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot