Logo

बाँदरको आवाजले जिस्काएर फुटबल खेलाडीमाथि जातिय दुर्व्यवहार र विभेध



काठमाडौँ, भदाै १७ । गत आइतबार इन्टर मिलानको स्ट्राइकर लुकाकुलाई बाँदरको आवाज निकालेर खिल्ली उडाएको कुरा खुलासा भएको छ । यो वास्तवमा इटालियन फुटबलको इतिहासमा कुनै नौलो कुुरा नभएकाे  श्रोतहरुले जनाएको छ ।
कागलियारीमा पाहिला पनि खेल खेलिन्थ्यो र त्यहाँ जातीय दुव्र्यवहारको अन्त कहिले नहुने बताएका छन् खेलकुद विज्ञहरुले । यहाँ प्राय काला जातिका खेलाडीहरुलाई गोराहरुबाट निरन्तर निन्दा बर्साएर खिल्ली उडाइन्छ ।
२०१७ मा सली मुन्टारी, २०१८ मा बलेइसे माटुयिडि अनि यस वर्षका अप्रिलमा मोइसे किनलाई बाँदरको आवाज निकालेर खिल्ली उडाइयो भने यस पालिको शिकार रहे रोमेलु लुकाकुको ।
कुर्भा नोर्डमा इन्टर मिलानको लागि पेनाल्टी हान्ने क्रममा यस्तो भएको रहेछ । उनले गोल हानेपछि दर्शकहरुले झन् ठूलो बाँदरको आवाज निकालेर उनको गिल्ला गरेका थिए ।
त्यसको बदलीमा लुकाकुलाई आफ्नाे टोलीका गोरा खेलाडीहरुले बधाइ दिएर अंगालाे हाले पछि उता उनलाई जिस्काउने दर्शकहरुलाई आँखा तरेर देखाइदिएको घटना अन्तराष्ट्रिय भिडियाहरुले जनाएको छ ।

उनलाई जिस्काइएको कारण गोल गरेपछि पनि खुशी मनाउन सकेका थिएनन् ।
उनले यस सम्बन्धी इन्सटान्टग्राममा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot