Logo

चिनियाँ ह्याकरबारे भारतमा पनि चासो



काठमाडौं १७ भदौ । चिनियाँ नागरिकले नेपालका एटीएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ ।

उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ बैंकको एटीएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो ।

सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।

स्रोतका अनुसार भारतमा एटीएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन । ‘भारतमा पनि यस्तै प्रकृतिको एटीएम ह्याक गरेका रहेछन्, उता पनि अनुसन्धान हुँदै रहेछ, भारतीय प्रहरी र रिजर्भ बैंकले चासो राखेका छन्,’ स्रोतले भन्यो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्