काठमाडौं २० भदौ । संसद सचिवालयमा सांसदहरुले उपचारको जथाभावी बिल पेस गरेको भेटिएपछि मेडिकल बोर्डले कडाइ गरेको छ ।
मेडिकल बोर्डले सांसदले पेस गरेका बिलमध्ये कतिपय फर्जी बिल भन्दै अस्वीकार गर्दा सांसदका करोडौं रकम माग भएका बिल फिर्ता भएका छन् ।
सांसदले संसद सचिवालयबाट पाउने उपचार खर्चको रकममा कडा निगरानी गरेर मेडिकल बोर्डले निर्णय गरेपछि आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्म औषधि उपचारबाट १५ लाख १५ हजार र औषधि खरिदका लागि २० लाख रुपैयाँ गरी कुल ३५ लाख ११ हजार ५ सय रुपैयाँ लगेका छन् । –नागरिक दैनिकबाट