Logo

दशैंका लागि खसीको सिङमा दुईथरी रङ, कुन रङ भएको खसी उपयुक्त !



काठमाडौं ३ असोज । दशैं त आउन लाग्यो, कस्तो खसी–बोका किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो लगाएको ? किन्ने नै भए हरियो लगाएको किन्नुहोस् है ! किनकि काठमाडौं महानगरपालिका (कामपा) ले यस्तै खसी–बोका किन्न आग्रह गरेको छ ।

चाडबाडको मुखमा बिरामी खसी–बोका बिक्री हुन सक्ने आशंका गर्दै कामपाले यसको परीक्षण शुरु गर्ने योजना बनाएकाले सिङमा हरियो लगाएको खसी–बोका स्वस्थ्य हुने हुँदा यस्तै किन्न अनुरोध गरेको हो ।

कामपा कृषि विभाग प्रमुख हरि भण्डारीका अनुसार कृषि मन्त्रालय, पशु चिकित्सक, महानगरपालिका प्रहरी, नेपाल प्रहरीसहितका सरोकारवाला निकायको सहयोगमा घटस्थापनादेखि नवमीसम्म टुकुचा, कलंकी, तीनकुने, बालाजुलगायतका बिक्रीस्थलमा परीक्षण गरिनेछ ।

‘स्वास्थ्य परीक्षण गरिसकेपछि स्वस्थ खसी–बोकाको सिङमा हरियो रङ र बिरामीको सिङमा रातो रङ लगाउँछौं,’ भण्डारीले भने । –नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot