Logo

माधवकुमार नेपाललाई बयानका लागि अख्तियारले नबोलाउने, यस्तो छ कारण



काठमाडौं ८ असोज । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललिता निवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोधमात्र देखिने ठहर गरेपछि प्रक्रिया रोकिएको हो ।

सरकारी ललिता निवासको जग्गा किनबेचमा मन्त्रिपरिषदको २०६७ वैशाख ३१ को निर्णय पनि कारक भएको पूर्वसचिव शारदाप्रसाद त्रिताल छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसबेला नेपाल प्रधानमन्त्री थिए । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot