Logo

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे



काठमाडौं २७ असोज । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।

स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए । जाने क्रममा सीले पटक–पटक हात उठाउँदै बाई–बाई गरेका थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्