काठमाडौं ४ कार्तिक । बलात्कार प्रयास आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन म्याद थप गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो । सरकारी वकिल कार्यालयमा करिब चार घण्टाको बयान सकिएपछि महरालाई थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
महराको अनुसन्धान नसकिएको भन्दै सात दिन म्याद थप गर्न सरकारी वकिल कार्यालयले अनुमति मागेको थियो । यसअघि २८ असोजमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।
१२ असोजको साँझ तीनकुनेस्थित रोशनीको डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार तथा कुटपिट गरेको उनले आरोप लगाएकी थिइन् । पीडित महिलाले आरोप लगाएसँगै महराले १३ असोजमा सभामुख पदबाट राजिनामा दिएका थिए ।
सभामुखको राजिनामा पछि पीडित भनेकी महिलाले पटक पटक बयान फेर्दै आइरहेकी छिन् । रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही किटानी जाहेरीको आधारमा प्रहरीले महरालाई पक्राउ गरेको थियो ।
महराद्वारा ‘बलात्कार प्रयास’ अभियोग अस्वीकार
पाँच घण्टा लामो बयानमा तत्कालीन सभामुख महराले आफूमाथि लागेको बलात्कार अभियोग अस्वीकार गरेका छन् । उनले आफ्नो पहिलादेखि चिनजान भएका कारण उनका कोठामा आउने जाने गरे पनि बलात्कार प्र्रयास कहिल्यै नगरेको बयान दिएका छन् ।
रोशनीले बयानमा भनिन् : बलात्कार भएको छैन
महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी रोशनीले प्रहरीलाई दिएको जाहेरी नै झुटो भएको बयान दिएकी छन् । उनले आइतबार अदालतमा उपस्थित भएर लिखित बयान दिएकी हुन् । राजधानीबाट